Rule 24A
व्यवस्थापन समितिको सदस्य हुन उपलब्ध गराउनु पर्ने रकम, घर वा जग्गा
ऐनको दफा १२ को उपदफा (१) को खण्ड (ङ१) को प्रयोजनको लागि सामुदायिक विद्यालयलाई पचास हजार रूपैंया“भन्दा बढी रकम, घर वा जग्गा उपलब्ध गराउने चन्दादाताहरूमध्ये सबभन्दा बढी रकम, घर वा जग्गा उपलब्ध गराउने व्यक्तिलाई व्यवस्थापन समितिको सदस्यमा मनोनीत गर्नु पर्नेछ ।